कुखुरा फार्ममा आगलागी हुँदा करिब २२ सय चल्ला जलेर नष्ट
द नेपाल मिडिया
४ बैशाख २०७८, शनिबार १२:१६
४ बैशाख, रौतहट । सर्लाहीमा चट्याङ लागेर कुखुरा फार्ममा आगलागी हुँदा २ हजार भन्दा बढी चल्ला जलेर नष्ट भएको छ ।
जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर ७ पोखरी टोलको फार्ममा शुक्रबार राति ८ बजेतिर चट्याङ लागेर आगलागी हुँदा करिब २ हजार २ सय चल्ला जलेर नष्ट भएको प्रहरीले जानकारी दिए ।
प्रहरीका अनुसार उदय राय यादव र राजेश पटेलले सञ्चालन गरेको कुखुरा फार्ममा चट्याङले बिजुली सर्ट भएर आगलागी भएको हो । आगो स्थानीय र प्रहरी मिलेर निभाएको प्रहरी प्रवक्ता मदन कुँवरले जनाए ।
फार्ममा रहेको ५० बोरा दाना समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यसबारे थप विवरण आउँन बाँकी नै रहेको छ ।