सुनचाँदीको मूल्य वृद्धि
द नेपाल मिडिया
३ बैशाख २०७८, शुक्रबार १२:२२
३ बैशाख, रौतहट । नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
बिहेवारीको महिना सुरुभएसंगै सुनचाँदीको भाउ पनि बढन थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाल सुनको कारोबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा भइरहेको छ ।
महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलामा ८९ हजार ८ सय रुपैयाँ कायम भएको थियो । यस्तै, तेजावी सुनको कारोबार आज तोलामा ९० हजार रुपैयाँमा भइरहेको महासंघले जानकारी दिए ।
त्यसैगरी, हिजो १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर आज प्रतितोलामा १ हजार ३ सय रुपैयाँ कायम भएको छ ।