हार्डवेयर पसलमा आगलागी हुँदा ५० लाख बराबरको क्षति
३ बैशाख, रौतहट । बागलुङमा आज बिहान हार्डवेयर पसलमा भएको आगलागीमा लाखौँको क्षती भएको छ ।
जिल्लाको बजारस्थित श्रेष्ठ हार्डवेयर आगलागी हुँदा पसलमा रहेको सामानहरु जलेर नष्ट भएका छन् । शुक्रबार बिहान अचानक पसलमा लागेको आगेलाई दमकलको सहयोगमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
हाल आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी नै रहेको छ । तर, स्थानीयवासीहरुको अनुमान अनुसार करिब ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले बताए ।






