रौतहट प्रहरीद्वारा तस्करीको सामान बरामद
साउन १, रौतहट । रौतहट प्रहरीले दुई मोटरसाईकल सहीत लाखौं मूल्य बराबरको तस्करीको सामान बरामद गरेको छ ।
प्रहरीचौकी रमपुरवाको टोलीले दुईवटा भारतिय नम्बरको मोटरसाईकल सहीत एकलाख १९ हजार बराबरको बिभिन्न ब्राण्डको मदिरा र भारतिय कपडा बरामद गरेको हो ।
भारतीय बजार कुण्डवा चैनपुरबाट भन्सार छली ल्याएका सामान र रौतहटबाट भारतीय बजारमा लैजान लागेको बिभिन्न ब्राण्डका मदिरा ईशनाथ नपाको सिमाक्षेत्रबाट बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताएका छन् ।
बरामद सामानसहित दुईवटा मोटरसाइकल आवशयक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा पठाईएको जिल्ला प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।