आजदेखि मनकामना केबुलकार पनः सञ्चालनमा
द नेपाल मिडिया
३० चैत्र २०७७, सोमबार १३:४६
३० चैत, रौतहट । मकवानपुर केवलकार आजदेखि पनः सञ्चालनमा आएको छ ।
चैत २५ देखि ३१ गतेसम्मका लागि बन्द गरिएको केबलकार आज चैत ३० गते देखि नै नियमित सञ्चालनमा आएको हो ।
स्तरोन्नतिको पहिलो चरणको कामका लागि बन्द गरिएको केबलकार आजै बिहान ८ बजेदेखि सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक उज्ज्वल शेरचनले जनाएका छन् ।
शेरचनका अनुसार ६ दिन बन्द गर्ने सूचना जारी गरेकोमा निर्धारित समयअगावै काम सकिएपछि सोमबारदेखि नै मनकामना केबलकार सञ्चालन आएको छ ।