सुनचाँदीको मूल्यमा सामान्य गिरावट
द नेपाल मिडिया
२९ चैत्र २०७७, आईतवार १३:४८
२९ चैत, रौतहट । नेपाली बजारमा साताको पहिलो दिन सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । चार दिनसम्म लगातर बढेको सुनको भाउ आइतबार सामान्य गिरावट आएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ८९ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको कारोबार प्रतितोलामा ८९ हजार ९ सय रुपैयाँमा भएको थियो ।
त्यस्तै, तेजावी सुनको कारोबार आज प्रतितोलामा ८९ हजार ५० रुपैयाँमा भइरहेको महासंघले जनाएको छ । त्यसैगरी, आइतबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ ।
शुक्रबार प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य घटेर तोलामा १ हजार २ सय ७५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।