सुनचाँदी व्यवसायीको हत्या अभियोगमा सिरहाबाट दुई जना पक्राउ
द नेपाल मिडिया
२९ चैत्र २०७७, आईतवार १२:१८
२९ चैत, रौतहट । सिरहामा सुनचाँदी व्यवसायीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
हत्या गरेको अभियोगमा प्रहरीले लहान नगरपालिका वडा नम्बर ७ बस्ने २६ वर्षीय रामकृष्ण चौधरी र सोही नगरपालिका बस्ने २९ वर्षीय सूर्य सहनीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
चौधरीलाई घटनास्थलबाट फलामको छिनोसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता शालिकराम शर्माले बताए ।
पक्राउ परेका दुवै जनालाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।