सरकारले तोक्यो गहुँको समर्थन मूल्य

   २८ चैत्र २०७७, शनिबार १५:३०  

२८ चैत, रौतहट । कृषकले उत्पादन गरेको गहुँको समर्थन मूल्य सरकारले तोकेको छ । मन्त्रिपरिषद् बैठकले यो वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्वीन्टल ३ हजार १ सय ११ रुपैयाँ तोकेको हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहायक प्रवक्ता प्रकाश आचार्यका अनुसार सरकारले कृषकले उत्पादन गरेका बालीहरूको उचित मूल्य प्राप्तिसहित बिक्री सुनिश्चित गरी बजारीकरणमा सहयोग गर्न धान, मकै, गहुँ, उखू लगायतको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ ।

सरकारको नीति तथा कार्यक्रममा पनि प्रमुख बालीहरूको न्यूनतम समर्थन मूल्य तोक्ने उल्लेख रहेको आचार्यले बताए ।