घुस लिएको आरोपमा विराटनगरबाट प्रहरी जवान पक्राउ

   २७ चैत्र २०७७, शुक्रबार ११:२८  

२७ चैत, रौतहट । घुस लिएको आरापेमा सुनसरीस्थित इलाका प्रहरी कार्यालय सीतागञ्जमा कार्यरत् एक प्रहरी जवानलाई पक्राउ गरिएको छ ।
उजुरी मिलाइदिने बहानामा ४० हजार घुस मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कासिन्दर यादवलाई बिहीबार नै नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

अख्तियार कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई विराटनगर महानगरपालिका वडा नम्बर ४ नोबेल मेडिकल कलेजको गेट नजिकबाट ४० हजार नगदसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका यादवलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।