सुनचाँदीको मूल्य वृद्धि

   २६ चैत्र २०७७, बिहीबार ११:५४  

२६ चैत, रौतहट । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार तोलामा १ हजारले बढेको हो । सुनको मूल्य बढेर आज तोलामा ८९ हजार रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजाबी सुनको कारोबार प्रतितोलामा ८८ हजार ५ सय ५० रुपैयाँमा भइरहेको छ ।

त्यसैगरी, आज चाँदीको पनि भाउ बढेर तोलामा १ हजार २ सय ६० रुपैयाँमा पुगेको छ । महासंघका अनुसार बुधबार चाँदीको कारोबार तोलामा १ हजार २ सय ४५ रुपैयाँमा भएको थियो ।