सुनको भाउ बढ्यो, चाँदी स्थिर

   २४ चैत्र २०७७, मंगलवार १४:४८  

२४ चैत, रौतहट । नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बढेर आज प्रतितोलामा ८७ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, मैगलबारका लागि तेजावी सुनको भाउ प्रतितोला ८७ हजार ५० रुपैयाँ कायम भएको महासंघले जनाए ।

त्यसैगरी आज चाँदीको भाउ स्थिर नै रहेको छ । सोमबार १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ मंगलबार स्थिर नै रहेको छ ।