कुमारी बैंकले मनायो २० औँ वार्षिकोत्सव

   २३ चैत्र २०७७, सोमबार ११:२३  

२३ चैत, रौतहट । २० औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गरी कुमारी बैंक लिमिटेडले मनाएको छ।

यही चैत २१ गते शनिबार बैंकले आफ्नो २० औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंको पशुपति क्षेत्रमा आयोजित गरेको सरसफाइ कार्यक्रमको शुभारम्भ बैंकका संचालक समितिका अध्यक्ष अमीरप्रताप राणाले गरेका थिए । पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिका वडा नम्बर ८ को सहकार्यमा कार्यक्रम आयोजित गरेको थियो ।

हालसम्म बैंकले देशभर १ सय ९२ शाखा, १ सय ६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग इकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सेवा दिँदै आएको छ ।