ऋण सहकारी संस्थाका अध्यक्ष पक्राउ
द नेपाल मिडिया
२२ चैत्र २०७७, आईतवार १४:१९
२२ चैत, रौतहट । गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकार श्रेष्ठलाई चितवनबाट प्रहरीले पक्राउ गरेको छ ।
गुडविल सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि उनी फरार भएका थिए । फरार भएका श्रेष्ठलाई चितवनबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएका छन् ।
चितवनबाट पक्राउ गरेर उनलाई ललितपुरतर्फत ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।






