साउन ४ गतेदेखी रौतहटका कार्यालयहरु खुल्ने

   १ श्रावण २०७७, बिहीबार ०८:३८  

साउन १, रौतहट । कोरोना भाईरस (कोभिड १९)को संक्रमण समुदाय स्तरमा फैलिने सम्भावना कारण बन्द गरिएको रौतहट जिल्लाका सरकारी कार्यालयहरु आउदो आईतबार देखी पुन सञ्चालनमा आउने छ ।

जिल्ला सुरक्षा समितिको आज बसेको बैठकमा गत बैशाख ३२ गतेदेखीे कोरोना माहामारीका कारण बन्द गरिएको सरकारी कार्यालयहरु आउदो साउन ४ गते आईतबार देखी सञ्चालन गर्न दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रौतहटले सार्वजानिक सुचना मार्फात जनाएको छ ।

रौतहट जिल्लामा कोरोनाको संक्रमण अवस्था सामान्य हुदै गएकाले साउन ४ आईतबार देखी बन्द रहेका इलाका प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय, भुमि सुधार तथा मालपोत कार्यालय, नापी लगाएतका सम्पुर्ण कार्यालयहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फेरी पहिलाकंै जस्तै नियमित सेवा दिने भएको छ ।

कोरोना भाईरस (कोभिड १९)का जोखिम कम गर्ने सम्पूर्ण सुरक्षाका उपाएहरु अनिवार्य रुपमा अपनाएर मात्रै कार्यालय खुख्लो गर्ने निर्णय गरिएको छ । आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड कर्मचारी र सेवाग्राहि दुवैलाई पुरा गर्नुपर्ने शर्त सहित राखिएको सुचनामा उल्लेख गरिएको छ ।