आज पनि सुनको मूल्य बढ्यो

   २० चैत्र २०७७, शुक्रबार १३:००  

२० चैत, रौतहट । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य मृद्धि भएको छ ।

आज सुनको भाउ प्रतितोलामा ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार बिहीबार प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य बढेर आज प्रतितोला ८७ हजार ४ सय पुगेको छ ।

यस्तै, तेजावी सुनको कारोबार आज तोलामा ८६ हजार ९ सय ५० रुपैयाँमा भइरहेको छ । त्यसैगरी, शुक्रबार चाँदीको पनि मुल्य ३० रुपैयाँले वृद्धि भएको छ ।

चाँदीको भाउ बढेर आज प्रतितोलामा १ हजार २ सय ४० रुयैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।