आज पनि घट्यो सुनचाँदीको मूल्य
द नेपाल मिडिया
१८ चैत्र २०७७, बुधबार १२:०९
१८ चैत, रौतहट । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन भाउ घटेर आज प्रतितोलामा ८५ हजार ६ सय रुपैयाँ कायम भएको हो ।
यस्तै, हिजो तोलामा ८५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज तोलामा ८५ हजार १ सय ५० रुपैयाँ कायम भएको महासंघले जानकारी दिए ।
त्यसैगरी, आज चाँदी भाउ पनि घटेर तोलामा १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार तोलामा १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।