बसन्तपुर क्षेत्र आसपासमा अनधिकृत पसल हटाउन कामपाले गरे माइकिङ सुरु
द नेपाल मिडिया
१८ चैत्र २०७७, बुधबार ११:४५
१८ चैत, रौतहट । काठमाडौं महानगरपालिकाले बसन्तपुर क्षेत्र आसपासमा अनधिकृत रूपमा सञ्चालित पसल हटाउन पुरातत्व विभागलाई पुनः ताकेता गरेको छ ।
गत फागुन १४ गते नियमविपरीत सञ्चालनमा रहेका सबै पसल सात दिनभित्र हटाउनका लागि कामपाले विभागलाई पत्राचार गरेको थियो ।
पत्राचार गरेको एक महिना बितिसक्दासम्म उक्त पसलहरु सञ्चालनमै रहेकाले कामपाले माइकिङ गर्दै अनधिकृतरूपमा सञ्चालित व्यापारिक प्रयोजन हटाई सहयोग गर्न पुनः आग्रह गरेको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्र आसपासमा अनधिकृतरूपमा सञ्चालित व्यापारिक प्रयोजनका पसल हटाउन पुरातत्व विभागलाई पटक–पटक ताकेता गर्दा पनि आलटाल गरेको भन्दै कामपाले माइकिङ शुरु गरेको हो ।