गौर आन्दोलन पछि कम्युनिस्ट बनेका विष्णुबहादुर
१७ चैत्र, रौतहट । वि.स. १९८७ मा रौतहटको गौरमा जन्मीएका थिए विष्णुबहादुर मानन्धर ।
नेपालमै पढे पनि तराईमा प्रवेशिका बोर्ड नहुँदा सन् १९४६ मा उनी बिहारको मोतीहारी गएर परीक्षा दिएँ । प्रवेशिका पास गरेर वनारस हिन्दु विश्वविद्यालयमा १९५० सम्म चार वर्ष उनले पढे । अध्यनको क्रममै रहदा उनी राणाविरोधी आन्दोलनमा सामेल भए ।
सुरुमा कुनै राजनीतिक संगठनमा संलग्न नरहेका मानन्धर बीपी कोइराला, गणेशमान सिंह लगायत कांग्रेसका नेताहरूको भाषण सुन्न जान्थेँ । त्यसबेला कांग्रेसको हेडक्वार्टर पटनामा थियो, मातृकाप्रसाद कोइराला सर्वशक्तिमान थिए । राणाविरोधी मोर्चामा लड्न जानु छ भने कांग्रेसको साधारण सदस्यता लिनुपर्छ भनिए पछि राणाको विरोधमा लड्ने अर्को मोर्चा नभएकाले पार्टीको साधारण सदस्य बनेका थिए ।
विक्रम सम्वत् २०१० सालमा केदार उपाध्यायबाट कम्युनिष्ट पार्टीको सदस्यता लिएका विष्णुबहादुर मानन्धर २९ वर्षसम्म नेकपा (संयुक्त) को महासचिव रहे । मानन्धरको राजनीतिक जीवन भने नेपाली कांग्रेसबाट शुरु भएको थियो । वनारस हिन्दु विश्वविद्यालयमा अध्ययन गर्दागर्दै कांग्रेस नेताहरूको संगतमा पुगेका उनी २००७ सालको क्रान्तिमा कांग्रेसका वफादार सिपाही भएर युद्ध मोर्चामा लागेका थिए ।
मानन्धरले कम्युनिष्ट पार्टीको महासचिव हुँदै राजसभा स्थायी कमिटीको सभापति बनेका डा. केशरजंग रायमाझीसँग ०३८ सालसम्म एउटै पार्टीमा रहेर काम गरे । ०४२ सालको सत्याग्रहका बेला मानन्धर र उनका छोरा सुनील एउटै जेलमा थुनिए । विसं २०१५ सालको आमनिर्वाचनमा नेकपाले जितेको चारमध्ये दुई सिट मानन्धरकै गृहजिल्ला रौतहटको थियो । यसले त्यो बेलाको उनको लोकप्रियता देखाउँछ ।

मानन्धरको राजनीतिक विगत :
कांग्रेसको सदस्यता लिएपछि हामीलाई एक महिनाका लागि लखनउ पठाए । टोली कमाण्डर राजेश्वरप्रसाद उपाध्याय थिए । हामीलाई पश्चिम नेपालको सिमा क्षेत्रमा हातहतियार पु¥याउने जिम्मेवारी दिइएको थियो । पश्चिम नेपालका कमाण्डर महेन्द्रविक्रम शाह र सेकेन्ड इन कमाण्ड सूर्यप्रसाद उपाध्याय थिए । टोली कमाण्डर राजेश्वरप्रसाद, सूर्यप्रसाद उपाध्यायका भाइ थिए ।
हामी जाँदा धनगढी कब्जा भइसकेको थियो । सीबी सिंह मिलिटिरी गर्भनर थिए । मलाई आर्थिक र हातहतियार संरक्षणको जिम्मेवारी दिइयो । राति राणाको फौजले आक्रमण गर्छ भनेर हामी गस्ती गथ्र्यौं । धनगढी कब्जा भएपछि रुप सिंहको नेतृत्वमा एक समूहलाई डोटी पठाइयो । हामीले बर्दियाको राजापुर र त्यसपपछि गुलरिया कब्जा ग¥यौं । त्यसपछि कहाँ हान्ने भनेर योजना बनाउँदै थियौं, त्यहीबेला दिल्ली सम्झौता भयो ।
२००८ सालमा दाजुलाई भेट्न पट्ना गएँ । सूर्यप्रसाद उपाध्याय त्यही हुनुहुन्थ्यो । उहाँले मलाई एउटा चिठी दिएर ‘यो आफ्नै हातले बीपीलाई दिनू’ भन्नुभयो । त्यतिबेला कांग्रेसले जितेको गभर्नरहरूको सम्मेलन रक्सौलमा हुँदै थियो । त्यहीँ गएर दिनु भन्नुभएको थियो । त्यहाँ पुगेर मैले आउनुको कारण विस्तृतमा बताएँ । मान्छेहरू आउँथे, जान्थे । तर मलाई छ घण्टा कुराए । बल्ल पालो आएपछि चिठी दिन भित्र गएँ । बीपीले तिमीलाई केही भन्नु छ ? भनेर सोध्नुभयो । म केही भन्नु छैन भनेर फर्के । वास्तवमा त्यतिबेला निक्कै अपमानित भएको महशुस गरेको थिएँ । १९५० मै स्नातक स्नातक गरिसकेको र पार्टीका लागि बन्दुक बोकेर मोर्चामा लडिसकेको सिपाहीलाई एउटा नेताको चिठी लिएर आउँदा भेट्न ६ घण्टा लाग्छ भने यस्तो पार्टीको नेताले कसरी जनताको काम गर्छ भन्ने लाग्यो । अनि कांग्रेसको सदस्यता त्यागेँ ।
सुधारवादी आन्दोलन
अहिलेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, उहाँका काका र लीलाराज उपाध्यायसँग मिलेर मैले एउटा समूह बनाएँ । गाउँ–गाउँमा पुगेर शैक्षिक सुधार गर्ने समुहको निधो थियो । हामीले जिल्लाहरुमा पुस्तक पु¥यायौं र सबैतिर एउटै पुस्तक पढाउन अभियान चलायौं । हाम्रो शिक्षा प्रचार समितिको अध्यक्ष कृष्णप्रसाद भण्डारी हुनुहुन्थ्यो । हामीले गाउँहरुमा विद्यालय खोल्यौं । विद्यालय खोल्न चन्दा नदिनेको घरमा केहि नखाई र्फकन्थ्यौं । त्यो बेला नखाई फर्काउने घरलाई गाल पथ्र्यो र पनि मानिसहरु महिनाको पाँच रुपैयाँ दिन मान्दैनथे । पढेर के हुन्छ र ? भन्ने धारणा थियो । हामीले दुःख गरेर २०–२५ वटा प्राथमिक विद्यालय खोल्यौं ।
त्यसबेला खै कुन सन्धि अनुसार हो, भारतबाट आउने कपडा भारतमा भन्दा नेपालमा सस्तो पथ्र्यो । कपडा दिउँसो नेपाल आउँथ्यो राती फेरि भारत पु¥याइन्थ्यो । यो तस्करी रोक्न तपाईले नेतृत्व गर्नुप¥यो भन्न मानिसहरु आए । म पनि तयार भएँ । तस्करीका सय गाँठ जति कपडा कब्जा गरियो । त्योबेला गणेशमान सिंहजी उद्योग वाणिज्य मन्त्री हुनुहुन्थ्यो । राणाकालमा गोपालप्रसाद उपाध्याय (कृष्णप्रसाद भट्टराईका दाजु)लाई पक्राउ गरेवापत जनक सिंहलाई अडिटरको पद दिइएको थियो । उनले पेस्तोल देखाएर सर्जमिन हुन दिएनन् । त्यसपछि उद्योग वाणिज्य सचिव पनि आए ।
दश हजार रुपियाँ घुस खाएर ‘केस’ ढिसमिस पारेको हल्ला चलेपछि विरोधमा हामीले पर्चा छपाएर सिंहदरबारसम्म पु¥यायौं । गणेशमानजीले भेट दिनुभएन । भेट्न नमानेपछि गणेशमानजीलाई बाहिर घेरेर नारा पनि लगायौं ।
कात्रो समेत महंगो भएपछि हामीले संकट निवारण समिति बनायौं र स्थानीय अधिकारीसँग मिलेर काम ग¥यौं । मान्छे मरेपछि समितिमा कुपन लिन आउँथे । कुपन देखाएपछि सरकारले तोकेको दरमा कात्रो पाइन्थ्यो । त्यसपछि सबै कपडा व्यापारीको सूचि तयार पा¥यौं र प्रति परिवार निश्चित गज कपडा सुपथ मूल्यमा पाउने व्यवस्था गरायौं । गरिब परिवारले त सुपथ मूल्यमा पाउने कपडा पनि किन्न सक्दैनथे । व्यापारीले त्यो कपडा नाफामा बेच्थे ।
यही ताका १०–१५ हजार किसानले गौर घेरे । उनीहरूलाई हामीले सखरखण्ड, सातु, चिउरा उठाएर एक–एक मुठी खान दियौं । प्रशासनमा यो खबर पुगेपछि ‘को मान्छे हो, दश हजारलाई खुवाउन सक्ने’ भनेर सोधीखोजी भएछ । बाहिरबाट हेर्दा अखिल नेपाल किसान संघले गरेको देखिए पनि त्यो घेराउ प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले गरेको थियो ।

गौर आन्दोलनपछि म कम्युनिष्ट भएँ
गौरको त्यो किसान आन्दोलनपछि मैले कम्युनिष्ट पार्टीको सदस्य हुन चाहेँ । २००९ सालमा निवेदन दिएर २०१० को शुरुमा सदस्यता पाएँ । त्यही साल पार्टीको पहिलो महाधिवेशन भयो, जहाँ म निर्वाचित प्रतिनिधि थिएँ ।
त्यतिबेला पार्टीले उत्तर गण्डक, दक्षिण गण्डक, पश्चिम गण्डक, पूर्व गण्डक र पश्चिम नेपाल प्रान्तहरू बनाएको थियो । मेरो जिल्ला दक्षिण गण्डक प्रान्तीय कमिटीमा परेको थियो । त्यसैबाट पहिलो महाधिवेशनमा सहभागी भएँ । राजा त्रिभुवन २००७ फागुन ७ मा भारत निर्वासनबाट फर्केका बेला संविधानसभा निर्वाचन गर्ने घोषणा गरेकामा महेन्द्रले २०१५ सालमा संसदीय निर्वाचनको घोषणा गरे । गौरमा बसेको कम्युनिष्ट पार्टीको बैठकले संविधानसभाको मागलाई संसदमा उठाउने गरी आमनिर्वाचनमा भाग लिने निर्णय ग¥यो ।
कम्युनिष्ट पार्टीका ४७ उम्मेदवारमध्ये चारजनाले निर्वाचन जिते । हामीले पाल्पा र काठमाडौंमा एक–एक र मेरो जिल्ला रौतहटबाट दुई सिट जित्यौं । २००९ सालमा किसान आन्दोलन र २०१४ मा गोलीकाण्ड भएको स्थान थियो, पथरा ।
सातजना किसान कमरेडलाई सामन्तले गोली हानेर घाइते बनाएका थिए । १३५ जनाविरुद्व मुद्दा हालेका थिए । त्यो अवस्थामा पनि हामीले जिल्लाका तीनमध्ये दुई सिट जितेका थियौं ।
निर्वाचनको समीक्षा गर्न २०१६ सालमा जनकपुरमा पार्टीको प्लेनम बोलाइयो । फ्रेन्च कम्युनिष्ट पार्टीको निम्ता मान्न जाने प्रक्रियामा लागेका पुष्पलाल श्रेष्ठ र डा. केशरजंग रायमाझी सामेल हुन सक्नुभएन । हारे पनि निर्वाचन हुनु नै महत्वपूर्ण हो भन्ने प्लेनमको निश्कर्ष रह्यो । गोरखा परिषद दोस्रो ठूलो पार्टी बने पनि राजनीतिक विपक्षी हामी नै हो भन्ने ठम्याइ थियो ।
२०१७ सालमा चितवनमा तेस्रो महाधिवेशन गर्ने निर्णय भएको थियो । तर, अन्तराष्ट्रिय कम्युनिष्ट सम्मेलनको लागि पाँच जना नेता मस्को जानुपर्ने भएकाले सम्मेलन स्थगित भयो । त्यही सालको पुस १ गते राजाले सत्ता हडपेर २२ गते राजनीतिक दल र जनवर्गीय संगठनलाई अवैध घोषणा गरे ।
पुष्पलाल र मोहनविक्रमको नयाँ पार्टी
जनकपुरपछि दरभंगामा भएको नेपाल कम्युनिष्ट पार्टीको प्लेनममा स्पष्ट तीन धार देखिए । केन्द्रीय समितिको बहुमतले संसदीय प्रजातन्त्र पुनस्र्थापना गर्ने, पुष्पलाल लगायत चार÷पाँच केन्द्रीय सदस्यले विघटित संसद पुनस्र्थापना र मोहनविक्रम सिंहले संविधानसभाको माग गर्ने र त्यो नदिए हतियारबन्द क्रान्ति गर्ने लाइन देखियो । भोटमा सिंहको लाइनले जित्यो ।
पार्टी विधानअनुसार केन्द्रीय कमिटीले प्लेनमको निर्णय मान्न वा नमान्न सक्थ्यो, मानेन । र, संसदीय प्रजातन्त्र पुनस्र्थापना पार्टी लाइन बन्यो । त्यसपछि डा. रायमाझी, डीपी अधिकारी, कमर शाह, पीबी मल्ललगायत नेताहरु दरभंगाबाट सरासर काठमाडौं गएर दरबारसंग बार्गेनिङ गरेछन् । तर, कुरा नमिलेपछि राजालाई आफूहरु गिरफ्तार हुने सम्भावनाबारे सोधेछन् । महेन्द्रले ‘दरबारमा समात्दैन, बाहिर के गर्छ भन्न सक्दिनँ’ भनेछन् ।
त्यसको मतलब, समातिन्छ भन्ने थियो, तर रायमाझी ढुक्कले घरमै बसिरहे । जेल परेपछि उनले विरामी भएको भन्दै पार्टी छोडे । त्यसपछि पासपोर्ट पाए, उपचारका लागि मस्को गएर वर्ल्ड मस्को रिभ्यूमा २०१७ सालको कदम लोकतान्त्रिक हो भन्ने लेख प्रकाशित गराए ।
यसरी रायमाझीमाथि अनेक आशंका हुन थालेपछि महासचिव पद निलम्बित गरेर तीन सदस्य सचिवालय बनाईयो । त्यसमा रायमाझी, डिपी अधिकारी र शम्भुराम श्रेष्ठ थिए । सचिवालयले म र कमर शाहलाई तुलसीलाल अमात्य र पुष्पलालसँग वार्ता गर्न पठाइयो । हामीले महाधिवेशनबाट पारित लाइन नै पार्टीको लाईन हुन्छ भन्यौं, तर उनीहरूले मानेनन् । उनले बनारसमा तेस्रो महाधिवेशन गरेपछि आधिकारिकरुपमै पार्टी विभाजित भयो ।
हामी रायमाझीको नेतृत्वमा थियौं । तुलसीलाल र पुष्पलालले बनारसबाट अर्को पार्टी बनाए । मोहनविक्रम सिंह पनि जेलबाट निस्किएपछि पार्टी बनाउने प्रयासमा लागे ।
केशरजंगसँग सहकार्य, बीपीसँग वार्ता
रायमाझीको अनुपस्थितिमा शम्भुराम श्रेष्ठ र डीपी अधिकारीले सचिवालयबाट ‘नियन्त्रित प्रजातन्त्र’ भन्ने ‘थ्यौरी’ पास गराएका थिए । त्यसमा राजालाई समेत मान्य हुने गरीको कार्यक्रम ल्याएर सहमति जनाउने दललाई फुकुवा गर्ने भनिएको थियो । त्यो लाइन पास त भयो, तर तेस्रो महाधिवेशनले ‘दक्षिणपन्थी भड्काउ’ भन्दै अस्वीकार गरियो ।
चौथो महाधिवेशनमा अध्यक्ष र महासचिव पद सिर्जना गर्ने कुरा भयो । त्यसो गर्दा ‘चेक एण्ड ब्यालेन्स’ हुन्छ भनेर बहुपदको कुरा गरेका थियौं । पार्टीमा पहिलोपटक अध्यक्षको व्यवस्था हुँदा मैले अध्यक्ष रायमाझी भए महासचिव कृष्णराज बर्मा वा कमर शाह हुनुपर्छ भन्ने प्रस्ताव राखें । उहाँहरू दुईजना मभन्दा सिनियर हुनुहुन्थ्यो । तर, उहाँहरू बस्न मान्नुभएन । त्यसपछि म महासचिव चुनिएँ । बीपी फर्किसकेको अवस्थामा पञ्चहरु ¥याली गर्नेवाला थिए । डा. रायमाझी त्यो ¥यालीमा जान तम्तयार ! मैले अनेक सम्झाएर रोकेँ । उहाँले ‘तपाई तिलको पहाड बनाउनुहुन्छ’ भयो भन्नुभयो ।
त्यतिबेला भारतका समाजवादजवादी पार्टीसँग नेपाली कांग्रेस र सीपीआईसँग हाम्रो सम्बन्ध राम्रो थियो । उनीहरूले नेपालमा कांग्रेस र कम्युनिष्टलाई मिलाउन सके पञ्चायतविरुद्धको आन्दोलन सशक्त हुन्छ भन्ने सोचेका रहेछन् । ०३३ मा बीपी नेपाल र्फकनुभन्दा केही महिना पहिला म र रायमाझी उहाँलाई भेट्न दिल्ली गएका थियौं । देशभित्रै आन्दोलन गर्ने, हतियारबन्द क्रान्ति नगर्ने र प्रजातन्त्र पुस्र्थापना मात्रै भन्दा तल्लो तहका जनताले नबुझ्लान् भनेर प्रजातन्त्र र विकास भनौं भन्ने हाम्रो प्रस्ताव थियो । बीपीले यी तीनवटै प्रस्ताव अस्वीकार गर्नुभयो ।
देशभित्र केही गर्न सकिँदैन, राजाले हतियारको बाहेक कुरा सुन्दैनन् र ‘प्रजातन्त्र र विकास’ जोडियो भने जनताको ध्यान विभक्त हुन्छ भन्ने उहाँको तर्क थियो । कुरा नमिलेपछि एकअर्काको कार्यक्रममा अवरोध नगर्ने र बैठक भएको कुरा गोप्य राख्ने सहमति गरेर हामी छुट्टयिौं ।
०३४ सालमा फेरि भेट्न जाँदा बीपीले महासचिव हुनुभएकोमा बधाई छ भन्दै अंगालो हाल्नुभयो । दिल्लीको वार्तालाई अगाडि बढाउँ भनेर प्रस्ताव पनि गर्नुभयो । त्यसपछि त उहाँ गम्भीर विरामी परेर उपचारका लागि अमेरिका जानुभयो । पछि म भेट्न जाँदा उहाँ अन्तिम अवस्थामा हुनुहुन्थ्यो । कुराकानी हुनै पाएन ।
महासचिव पद सिर्जना भएपछि केन्द्रीय कमिटीले पारित नगरेको काम गर्नुपरे अध्यक्षसँग समझदारी हुनुपथ्र्यो । अर्थात्, महासचिव र अध्यक्षले एक्लाएक्लै गर्न नपाउने थियो ।
सन् १९७९ मा जुल्फीकर अली भुट्टोलाई फासी दिइयो पाकिस्तानमा, आन्दोलन भयो नेपालमा । आन्दोलन दमन गर्ने बहानामा ११–१२ जना मारिए । सरकारले सबै होस्टल बन्द गरेर विद्यार्थीलाई घर धपायो ।
त्यति गर्दा पनि आन्दोलन नरोकिएपछि सरकारले प्रधानन्यायाधीशको अध्यक्षतामा वार्ता टोली बनायो । हाम्रो पार्टीको विद्यार्थी संगठन नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसन, नेकपा (मार्क्सवादी) को अनेरास्ववियु र कांग्रेसको नेपाल विद्यार्थी संघले संयुक्त वार्ता गरेर एउटा निश्कर्षमा पुगे ।
राजाले जनमत संग्रह घोषणा गर्नुभन्दा एकदिन अघि ‘यो सम्झौता धोका हो’ भन्दै तत्कालीन नेकपा (माले) का विद्यार्थी संगठन अखिल पाँचौं बलबहादुर केसी र शरणविक्रममल्ललाई मोसो दलेर ठेलागाडामा घुमाएछन् । फेडरेसनका कैलाश कार्की भने ढिलो पुगेकाले मोसो दलिनबाट जोगिए ।

सत्याग्रहमा कांग्रेस–कम्युनिष्ट सहकार्य असफल
विसं. ०४२ को सत्याग्रहमा वामपन्थीसँग सहकार्य गर्न कांग्रेस राजी भएन । वामहरू पनि एकआपसमा मिल्ने अवस्था थिएन । हामी आ–आफ्नै तरिकाले सत्याग्रहमा सहभागी भयौं । रामराजाप्रसाद सिंहले बमकाण्ड गरेपछि सत्याग्रह फिर्ता भयो । त्यसपछि हाम्रा मान्छेहरू जेलबाट छुट्न थाले ।
हाम्रो पार्टीका २२ जनामध्ये म, मेरो छोरा सुनील मानन्धर र काठमाडौंकै अर्को एक जना कमरेडलाई भने छोडेन । नौ महिनापछि बाउ र छोरालाई एकै ठाउँमा नराख्नु भन्ने आदेश माथिबाट आएछ । जेलरले अलिकति सहानुभूति देखाए । ‘तपाईं बुढो मान्छे, अर्को जेलमा गाह्रो होला’ भन्दै सुनीललाई अन्त पठाएर मलाई नक्खु जेलमै राखे । छोरालाई १२÷१३ महिनापछि रिहा गरे ।
बमकाण्डमा सोभियत युनियनको हात छ भन्ने भ्रम फैलाइएको थियो । हाम्रो पार्टीका गणेश साह, चन्द्रदेव जोशीहरु रसियामा पढेर आएका थिए । उनीहरूको घरमा छापा मारेर रसियन किताब, क्यालेण्डर फेला पारे । त्यही आधारमा उनीहरूलाई हत्कडी लगाए । ७, ८ महिनामा उनीहरूलाई पनि छाडे, तर मलाई छाडेन । मंगलादेवी सिंह, केपी शर्मा ओली भेट्न आउनुभएको थियो ।
एक दिन वीरेन्द्रकेशरी पोखरेल पनि आएर ‘मानन्धरजी, तपार्इंलाई घरमा दशैं मनाउने विचार छैन’ भन्नुभयो । मैले ‘जन्मलिए देखिको दशैं त घरमै मनाइएको छ, जेलको दशैं पनि त दुई चार पटक हेरुँ न’ भने । उहाँले होइन–होइन तपार्इंले केही पनि गर्नुपर्दैन । कागजमा दुई लाइनमात्रै लेखदिनु ‘म शान्तिपूर्वक काम गर्नेछु’ भनेर । तपार्इंलाई प्रधानमन्त्रीले पठाए जस्तो छ भन्दा उहाँले ‘होइन म तपार्इंको शुभचिन्तकको हैसियतले आएको हुँ’ भन्नुभयो । २८ महिनापछि म जेलबाट रिहा भएँ ।
पहिलो जनआन्दोलनको कथा
हिँड्ने बेलामा मलाई लिन आएका प्रहरीले ‘दाइ मन्त्रिमण्डलका मान्छेहरू फटाहा हो’ भने । अनि मैले ‘तपाई सरकारको प्रहरी निरीक्षक भएर यस्तो कुरा गर्नुहुन्छ भने अब प्रजातन्त्र आयो । तपाईहरू पनि साँचो बोल्न थाल्नुभएछ, प्रजातन्त्र आयो, अब म ढुक्क भएँ, भनिदिएँ । ०४६ को जनआन्दोलनमा मुख्य भूमिका गणेशमान सिंहकै थियो । किनभने त्यतिबेला कांग्रेसका अन्य नेताहरू कम्युनिष्ट पार्टीसँग मिल्नै हुँदैन भन्ने पक्षमा हुनुहुन्थ्यो । पदमरत्न तुलाधरको घरमा सबै कम्युनिष्ट नेताहरू भेला भयौं । तुलाधरजीको घरमा आएर गणेशमानजीले आन्दोलनलाई तपार्इंहरूको खाँचो छ । तर, यति धेरै पार्टी र नेताहरू हुनुहुन्छ कोसँग कुरा गर्ने ? संयुक्त मोर्चा बनाउनु न भन्नुभयो ।
गणेशमानजीले ‘तिमी कम्युनिष्ट नेताहरू आन्दोलनका बेला लुकेर कार्यकर्तालाई मात्रै अगाडि पठाउँछौं, यसपटक फागुन ७ गते नै समातिनुपर्छ भन्नुभयो ।’
२०४६ माघ पहिलोसाता चाक्सीबारीमा कांग्रेसको सम्मेलन हुनुभन्दा पहिला नै वाममोर्चा बन्यो । त्यो सम्मेलनमा भारतबाट चन्द्र शेखर पनि आएका थिए ।
गणेशमानजीले भने जस्तै शुरुमै गिरफ्तारी दिन पनि सहमत भयौं । एक दिन नेकपा (माले) का कमरेडको घरमा विहे थियो । विवाहको अवसरमा रेष्टुँरामा चिया पार्टी गरिएको थियो । त्यहाँ म पनि पुगेको थिएँ । साहना प्रधान, गणेशमानजीहरू पनि पुग्नु भएको थियो ।
गणेशमानजीले ‘हे मानन्धर, फागुन ७ गते आउँदैछ, लुक्लाउ’ भन्नुभयो । दाइले भनिसकेपछि लुक्ने कुरा कहाँबाट आयो ? भनेर बाहिर निस्किएँ ।
चिया पार्टीबाट निँस्कदा निँस्कदै मनमा आज पक्राउ परिन्छ । अब घर जान्न, अन्त जान्छु भनेर दुई कदम अगाडि के बढाएको थिएँ, गणेशमानजीको भनाइ झल्याँस्स याद आयो । त्यसपछि सरासर घर आएँ । गणेश शाहलाई घरमा बोलाएर म पक्राउ पर्छुजस्तो लागेको छ, पार्टीका सबै समातिए भने वक्तव्य दिने मान्छे पनि हुँदैन, तपाई भोलि बिहानै दिल्ली जानुस् भनेर बिदाइ गरेँ । पार्टीका कागजपत्र घर बाहिर लगेर राखे । नभन्दै भोलिपल्ट विहान चार बजे ढोकामा ढकढक गर्न आए । ढोका खोलेर हेरेको प्रहरी निरीक्षकको कमाण्डमा आएका रहेछन् । उनले दाई तपाईलाई लिन आएको भने । तपाई चिया खानुस्, पेटको रोगी छु, म तयार हुन्छु भनेको, प्रहरीले केही हतार छैन आफ्नो सुविस्ता अनुसार तयार हुनुस् भने । उनलाई चिया दिएर भित्रबाट साहना प्रधानलाई खबर गर्नुप¥यो भनेर टेलिफोन गरेको, उनले मकहाँ पनि प्रहरी आइपुगेको छ भनिन् ।
हिँड्ने बेलामा मलाई लिन आएका प्रहरीले ‘दाइ मन्त्रिमण्डलका मान्छेहरू फटाहा हो’ भने । अनि मैले ‘तपाई सरकारको प्रहरी निरीक्षक भएर यस्तो कुरा गर्नुहुन्छ भने अब प्रजातन्त्र आयो । तपाईहरू पनि साँचो बोल्न थाल्नुभएछ, प्रजातन्त्र आयो, अब म ढुक्क भएँ, भनिदिएँ ।
मलाई पुलिस क्लबमा लगे । त्यहाँ सहाना आइसकेकी थिइन् । आफ्नो घरमा बाममोर्चाको पर्चा भएकाले सर्च ग¥यो भने फेला पर्छ भनेर उनले नै प्रहरी आउना साथ हिँडौं भनेकी रहेछिन् । त्यसपछि हामीलाई भद्रगोल जेलमा राखियो ।
त्रिभुवन विश्वविद्यालयको सभामा पाँच–सात सय प्राध्यापक, कलाकार, बुद्धिजिवी, विद्यार्थी पक्राउ परे । त्यसलो ठूलो आक्रोश पैदा भयो । चैत २४ गते राजदरबार अगाडि भएको गोलीकाण्डमा कति मरे मरे । आन्दोलन कहिले अगाडि बढ्ने, कहिले सुस्ताउने गथ्र्यो । कहिले बडो उत्साहित हुन्थ्यौं, कहिले निरुत्साहित हुन्थ्यौं । दरबार घुँडा टेक्न बाध्य भएपछि चैत २६ गते हामी वामपन्थी नेताहरू सबैलाई पद्मरत्न तुलाधरको घरमा र कांग्रेसका नेताहरूलाई वीर अस्पताल लगेर छोडियो ।
लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले ‘राजाले प्रजातन्त्र दिने भयो, तपाईहरूले राजालाई सजिलो हुने गरी आन्दोलन फिर्ता लिनुप¥यो’ भन्नुभयो । हामीले संघर्ष फिर्ता लिँदैनौं भन्यौं ।
त्यही राति हाम्रोतर्फबाट साहना प्रधान र राधाकृष्ण मैनाली र कांग्रेसबाट गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई वार्ताका लागि जानुभयो । राति ११ बजे राजाले बहुदलीय प्रजातन्त्र पुनस्र्थापना भएको घोषणा गरे ।






