सुनको भाउ तोलामा ५०० रुपैयाँ घट्यो, चाँदीको कति

   १७ चैत्र २०७७, मंगलवार ११:२१  

१७ चैत, रौतहट । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार घटेर प्रतितोलामा ८६ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, आज तेजाबी सुनको कारोबार प्रतितोलामा ८५ हजार ५ सय ५० रुपैयाँमा भइरहेको महासंघले जनाए । त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेर तोलामा १ हजार २ सय १५ रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार सोमबार चाँदीको कारोबार प्रतितोलामा १ हजार २ सय २५ रुपैयाँमा भएको थियो ।