त्रिदेशीय कपः बंगलादेश र नेपाल बीचको खेल आज हुदैं

   १४ चैत्र २०७७, शनिबार ११:०५  

१४ चैत, रौतहट । त्रिदेशीय कप फुटबल अन्तर्गत आज नेपाल र बंगलादेशबीच लिगको अन्तिम खेल हुँदैछ । नेपाल बंगलादेश र किर्गिस्तान यू-२३ टिम सम्मिलित प्रतियोगितामा बंगलादेश यसअघि नै फाइनल पुगिसकेको छ।

नेपालले फाइनल पुग्न बंगलादेशसंग बराबरी खेले पर्याप्त हुनेछ ।

नेपाल र बंगलादेशबीचको खेलपछि नै फाइनल समीकरण तय हुनेछ । यस्तोमा घरेलु टोलीले सोमबार हुने फाइनलमा स्थान बनाउन कम्तीमा हार टार्नु पर्नेछ ।

किर्गिस्तानको ओलम्पिक टिम भएकोले यसअघि भएको दुवै खेलले अन्तर्राष्ट्रिय मान्यता पाएको थिएन । त्यसैले नेपाल र बंगलादेशबीच हुने खेलले अन्तर्राष्ट्रिय मान्यतासमेत पाउनेछ।

पहिलो खेलमा किर्स्तानसँग बराबरीमा रोकिएपछि नेपालमा मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशविरुद्ध अंक जोड्दै फाइनल पुग्ने लक्ष्य रहेको बताएका थिए ।