अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टनमा नेपालले सहभागिता जनाउने

   १३ चैत्र २०७७, शुक्रबार १२:०९  

१३ चैत, रौतहट । दुवईमा सञ्चालन हुन लागेको तेस्रो फाजा–दुवई पारा ब्याडमिन्टन इन्टरनेसनल २०२१ मा नेपालले सहभागिता जनाउने भएको छ ।

सुर्खेत विरेन्द्रनगरका १८ वर्षीय प्रकाश अधिकारीले नेपालको प्रतिनिधित्व गर्नेछन् । तेस्रो फाजा–दुवई पारा ब्याडमिन्टन इन्टरनेसनल २७ मार्चदेखि ५ अप्रिल २०२१ सम्म सवाव अल एली दुवई क्लबमा हुनेछ । उनी फाजा–दुवई पारा ब्याडमिन्टन इन्टरनेसनलमा सहभागिता जनाउन शनिबार राति त्यसतर्फ प्रस्थान गर्नेछ ।

उनलाई नेपाल ब्याडमिन्टन संघ तथा ब्याडमिन्टन एसियाका पारा ब्याडमिन्टनका समेत अध्यक्ष रहेका रामजी बहादुर श्रेष्ठ, राखेपका बोर्ड सदस्य सम्पन्न श्रेष्ठ र सुभास श्रेष्ठ, संघका पदाधिकारी, ब्याडमिन्टनका चिफ कोच सुदिप योन्जन र वरिष्ठ अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्याल लगायतले बिदाई गरे ।

खेलाडी प्रकाशलाई बिदाई गर्दै संघका अध्यक्ष श्रेष्ठले पारमा ब्याडमिन्टनमा यो प्रकाशको मात्रै नभई नेपालकै पहिलो अन्तर्राष्ट्रिय सहभागिता रहेको बताए । अध्यक्ष श्रेष्ठले पहिलो सहभागिता रहेपनि अधिकारीको खेलको स्तर अनुसार नेपालको पदकको अपेक्षा रहेको बताए ।