थ्री नेसन्स कपको पहिलो खेलमा नेपाल र किर्गिस्तान भिड्ने

   १२ चैत्र २०७७, बिहीबार १४:२०  

१२ चैत, रौतहट । थ्री नेसन्स कपको पहिलो खेलमा घरेलु टोली नेपालले आज (बिहीबार) किर्गिस्तानको यु–२३ टोलीसँग भिड्ने छ । यो खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ ।

घरेलु मैदानमा नेपाल किर्गिस्तानको युवा टोलीलाई हराउँदै फाइनल पुग्ने दाउमा हुनेछ । विश्वकप छनोटको खेल स्थगित भएपछि भएको प्रतियोगितामा नेपाल किर्गिस्तानको युवा टोलीलाई हराउँदै फाइनल पुग्ने दाउमा हुनेछ । बुधबार मात्रै २३ सदस्यीय नेपाली टोलीको घोषण भएको थियो ।

किर्गिस्तानलाई हराउन सके नेपाल र बंगलादेश एक खेल बाँकी छदै फाइनलमा पुग्नेछ । किर्गिस्तान प्रतियोगिताबाट बाहिरिनेछ । बराबरीको नतिजाले पनि नेपालको फाइनल पुग्ने सम्भावना जीवितै रहनेछ । नेपालले दोस्रो खेलमा शनिबार बंगलादेशसँग खेल्नेछ ।