सुनचाँदीको मूल्यमा सामान्य गिरावट

   १२ चैत्र २०७७, बिहीबार १२:३२  

१२ चैत, रौतहट । नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोलामा ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, बिहीबार तेजावी सुनको कारोबार प्रतितोला ८६ हजार ४ सय ५० रुपैयाँमा भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी, हिजो तोलामा १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला १ हजार २ सय ३० रुपैयाँ कायम महासंघले जानकारी दिए ।