अभिनेता संजय दत्तले लगाए कोरोना खोप

   ११ चैत्र २०७७, बुधबार १२:५४  

११ चैत, रौतहट ।

बलिउड अभिनेता संजय दत्तले कोरोना भाइरस संक्रमणविरुद्धको खोप लगाएका छन् । अभिनेता दत्तले कोरोनाविरुद्धको खोप लगाएको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

दत्तले बिकेसी भ्याक्सिन सेन्टरमा कोरोना खोप लगाएका हुन् । संजय दत्तले कोरोनाविरुद्धको खोप लगाएपछि उक्त अभियानमा सहभागि सबैलाई धन्यवाद दिएका छन् । एजेन्सी