शिखर इन्स्योरेन्समा अगामी चार वर्षको लागि दुई सञ्चालक नियुक्त

   १० चैत्र २०७७, मंगलवार १४:३८  

१० चैत, रौतहट । शिखर इन्स्योरेन्समा दुई सञ्चालक नियुक्त भएका छन् । कम्पनीको चैत्र ९ गते सम्पन्न वार्षिक साधरण सभाले दिनेश बज्राचार्य र स्कन्द अमात्यलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

बज्राचार्य र अमात्य अगामी चार वर्षको लागि सञ्चालक पदमा सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने निर्वाचित भएका हुन् ।

सोही मितिमा बि के अग्रवाल एण्ड कम्पनी, चार्टड एकाउटेण्ट्सलाई लेखापरीक्षक नियुक्त गरिएको कम्पनी सचिव सुरज राजबाहकले जानकारी दिएका छन् ।