सुनचाँदीको मूल्यमा सामान्य गिरावट

   १० चैत्र २०७७, मंगलवार १४:२५  

१० चैत, रौतहट । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार सोमबार तोलामा ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन भो घटेर आज प्रतितोलामा ८६ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज तेजाबी सुनको कारोबार तोलामा ८६ हजार २ सय ५० रुपैयाँमा भइरहेको महासंघले जानकारी दिए । त्यसैगरी, चाँदीको भाउमा पनि सामान्य गिरावट भएको छ ।

महासंका अनुसार हिजो तोलामा १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १० रुपैयाँ घटेर आज प्रतितोलामा १ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।