रौतहटमा घरेलु मदिरा भट्टी नष्ट
१० चैत, रौतहट । रौतहटको विभिन्न स्थानमा अवैधरुपमा संचालन गरिएको घरेलु मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ ।
जिल्लाको राजपुर नगरपालिका, परोहा नगरपालिका र बौधीमाई नगरपालिकामा अवैध रुपमा संचालन गरेको घरेलु मदिरा भट्टी प्रहरीद्रारा नष्ट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले राजपुर नगरपालिका वडा नम्बर २ स्थित संचालनमा रहेको घरेलु मदिरा बनाउँने भट्टी २ वटा फुटाई, कच्चा पदार्थ करिब १ हजार लिटर र बेचनका लागी राखीएको ६० लिटर मदिरा नष्ट गरीएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरेलु मदिरा बनाउने मेशिन एक थान र ५ वटा ड्राम बरामद भएको हो ।
यस्तै, परोहा नगरपालिका वडा नम्बर ४ स्थित संचालनमा रहेको चारओटा घरेलु मदिरा बनाउने भट्टी नष्ट गरिएको प्रहरीले जानकारी दिए । प्रहरीले कच्चा पदार्थ २ हजार लिटर नष्ट गरी ७ वटा ड्राम बरामद गरेको हो ।
त्यसैगरी, जिल्लाको बौधीमाई नगरपालिका वडा नम्बर १ स्थित रहेको घरेलु मदिरा भट्टी नष्ट गरि कच्चा पदार्थ १५ सय लिटर र ९० लिटर तयारी मदिरा नष्ट गरि १६ वटा ड्राम र २ वटा मेशिन समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
भट्टीहरु को-कसको स्वामीत्वमा संचालन भएको हाल खुल्न सकेको छैन् । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।