घट्यो सुनचाँदीको मूल्य

   ९ चैत्र २०७७, सोमबार १३:४२  

९ चैत, रौतहट । नेपाली बजारमा साताको दोस्रो दिन पनि सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आइतवार प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोलामा ८७ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, आज तेजावी सुनको काराबार ८६ हजार ५ सय ५० रुपैयाँमा भइरहेको महासंघले जनाएको छ । त्यसैगरी, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार सोमबार चाँदीको भाउ प्रतितोलामा १ हजार २ सय ६० रुपैयाँ निर्धारण भएको छ । आइतबार चाादीको कारोबार १ हजार २ सय ६० रुपैयाँमा भएको थियो ।