फार्मेसी अधिकृत २ लाख घुससहित पक्राउ
९ चैत, रौतहट । फार्मेसी अधिकृतलाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
औषधी व्यवस्था विभाग विराटनगर स्थित शाखा कार्यालयमा कार्यरत फार्मेसी अधिकृत सरोज सुवेदीलाई २ लाख रुपैयाँ घुस लिएको आरोपमा आयोगल नियन्त्रणमा लिएको हो ।
सुवेदीले सेवाग्राही विरुद्धको मुद्दाको सिलसिलामा जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमबाट माग भएको राय पठाई सिल भएको फार्मेसी पसल खोलिदिने प्रयोजनका घुस मागेका थिए ।
उक्त घुस माग गरेको गोप्य सूचना प्राप्त हुनसाथ आयोगको कार्यालय इटहरीबाट गएको टोलीले अधिकृत सुवेदीलाई सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
सुवेदी विरुद्ध आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।