गरुडा रकेट प्रक्षेपण सम्पन्न, हावामा १० सकेन्डसम्म उडेर क्रयास
द नेपाल मिडिया
९ चैत्र २०७७, सोमबार १०:४१
९ चैत, रौतहट । नेपालको पहिलो गरुडा नामक रकेटको प्रक्षेपण सम्पन्न भएको छ । आइतबार धनुषाको भिमाणमा परिक्षण भएको उक्त रकेट १० सकेण्ड सम्म आकाशमा उडेको थियो ।
नेपाली विद्यार्थीहरुले बनाएको गरुडा रकेट करिब १५० मिटरसम्म आकाशमा उडेपछि हावाको बहाबको कारण रकेड क्रयास भएको थियो ।
रकेट निमार्णको सदस्य मोहन तामाङले भने ‘हामीले यो रकेट १० हजार फिटमाथि पुग्ने अनुमान गरेका थियौं तर हावाको बहावका कारण रकेटले पिक गेन गर्न सकेन र क्रयास भयो ।’
उनले भने ‘लन्चपाड, हावाको बहाव र मोटरसम्म फुल राम्ररी पुग्न नसकेर उक्त प्रयास सफल नहुन सकेको तर पनि यो अनुभवले हामीलाई धेरै कुरा सिकाएको छ’ ।
निमार्ण टोलीले नेपाली सेनासँगको सहकार्यमा एक महिना पछि पुनः रकेट प्रक्षेपण गर्ने छन् ।