नक्कली पैसा छाप्ने व्यक्ति पक्राउ
द नेपाल मिडिया
८ चैत्र २०७७, आईतवार ११:०७
८ चैत, रौतहट । नक्कली पैसा छाप्ने मेसिनसहित प्रहरीले मेलम्चीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका वडा नम्बर १३ बस्ने राजाराम दनुवार रहेको प्रहरीले जनाएको छ ।
नक्कली पैसा छापी कारोवार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा उनलाई शनिबार नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनलाई मेलम्ची नगरपालिका वडा नम्बर १२ स्थित बि आर एस मोबाइल हाउसबाट नक्कली नोट छाप्न प्रयोग गर्ने प्रिन्टर र नक्कली नोटसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जनाएका हुन् ।
पक्राउ परेका राजाराम दनुवारलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।