थप ११६ जनामा कोरोना संक्रमण, ६४.२ प्रतिशत संक्रमित निको भए

   ३१ असार २०७७, बुधबार ११:३३  

 

असार ३१, रौतहट  । बुधबार नेपालमा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।

बुधबार ६९७ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ ।

बुधबार काठमाडौं जिल्लामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।