भन्सार छलेर भारत लैजाँदै गरेको ३ लाखको डिजेल बरामद
३ चैत, रौतहट । कपिलवस्तुबाट ४ हजार २ सय लिटर डिजेल बरामद भएको प्रहरीले जनाएको छ ।
टेलरट्रकमा फल्स वटम बनाएर भारत लैजाँदै गरेको ४२ सय लिटर डिजेल बरामद भएको हो । कृष्णनगर नगरपालिका २ लिङ्गगेटस्थित सीमा इलाकाबाट एपीएफ टोलीले अवैध रुपमा भारत लैजादैँ गरेको डिजल बरामद गरेको प्रहरीले जनाए ।
सातवटा टेलर ट्रकमा फल्स वटम डिजेल ट्याङ्की बनाई भन्सार छलेर लैजाँदै गरेको अवस्थामा बरामद भएको ४ हजार २ सय लिटर डिजेलको मूल्य करिब ३ लाख २७ हजार रुपैयाँ बरामरको रहेका प्रहरीले जनाएको छ ।
अवैध रुपमा लैजादैँ गरेको अवस्थामा बरामद भएको डिजेल कृष्णनगर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।






