भरतपुरमा एनसीसी बैंकको नयाँ शाखा विस्तार

   ३ चैत्र २०७७, मंगलवार १०:५६  

३ चैत, रौतहट । चितवनको भरतपुरमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीस) ले शाखा विस्तार गरेको छ ।

बैँकले भरतपुर महानगरपालिका, वडा नम्बर ९ स्थित हाकिम चोकमा आफ्नो शाखा संचालनमा ल्याएको हो ।

सोमबार एक औपचारिक कार्यक्रमका बीच बैँकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले उक्त शाखा कार्यालयको समुद्घाटन गरेका थिए ।अध्यक्ष न्यौपानेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, भरतपुर महानगरपालिका वडा नमबर ९ का प्रतिनिधि किशोर सापकोटाको उपस्थिति रहेको थियो ।

सोही अवसरमा बैंकले विभिन्न व्यवसायहरुलाई वित्तीय कारोबारमा सहजताका लागि क्यू आर कोड हस्तान्तरण गरेको छ । क्यू आर कोड हस्तान्तरण गर्दै बैँकका संचालक समिति अध्यक्ष न्यौपानेले स्थानीय निकायका पदाधिकारीहरूको समन्वयमा किसान केन्द्रित कार्यक्रम ल्याई बैँकले सेवा गर्ने जनाएका छन् ।