साताको पहिलो दिन सुनको मूल्य वृद्धि

   १ चैत्र २०७७, आईतवार १२:१३  

१ चैत, रौतहट । नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आइतबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ ।

महासंका अनुसार शुक्रबार तोलामा ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज प्रतितोलामा ८६ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजावी सुनको भाउ तोलामा ८५ हजार ७ सय ५० रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर आज प्रतितोलामा १ हजार २ सय ७० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार यसअघि शुक्रबार चाँदीको कारोबार तोलामा १ हजार २ सय ८५ रुपैयाँमा भएको थियो ।