भक्तपुरबाट स्रोत नखुलेको ४२ लाख नगदसहित एक जना पक्राउ

   २८ फाल्गुन २०७७, शुक्रबार १२:२०  

२८ फागुन, रौतहट । भक्तपुरबाट स्रोत नखुलेको ४२ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मध्यपुरथिमि ३ कौशल्टारस्थित अरनिको राजमार्ग सडकमा सवारी चेकजाँच गर्ने क्रममा बिहीबार दोलखा घर भएपनि हाल सूर्यविनायक नगरपालिका ३ बालकोट रोज भिलेज बस्ने सुमन घिमिरेलाई नगदसहित प्रहरीले पक्राउ गरेको थियो ।

चेक जाँच गर्ने क्रममा गाडीमा आइरहेका घिमिरेको साथबाट करिब २७ लाख रुपैयाँ बरामद भएको महानगरीय प्रहरी वृत्त थिमिले जानकारी दिएका हुन् । घिमिरेमाथि शंका भएपछि निजको कोठा खानतलासी गर्दा स्रोत नखुलेको थप १५ लाख बरामद भएको प्रहरीले जनाए ।

बरामद भएको उक्त रकमको बारेमा प्रहरीले सोध्दाँ केही बताउँन नसकेपछि उनलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका घिमिरेमाथि यसबारे थप अनुसन्धान भइरहेकोप्रहरीले जनाएको छ ।