नक्कली नोटसहित २ जना पक्राउ
द नेपाल मिडिया
२८ फाल्गुन २०७७, शुक्रबार ११:२८
२८ फागुन, रौतहट । काठमाडौं महानगरपालिकाबाट १ लाख ६३ हजार नक्कली नोट सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नक्कली नोटसहित पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका ४ घर भई काभ्रे बनेपा बस्ने ३० वर्षीय धुर्ब श्रेष्ठ र काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोक गोल्चे गाउँपालिका ३ घर भएका २१ वर्षीय बिजय तामाङ रहेका प्रहरीले जनाएको छ ।
दुवै जनालाई सुकेधारास्थित आयुष डान्सबारबाट पक्राउ गरिएको थियो । उनीहरुको साथबाट १ हजार दरका १ सय ६३ थान गरी जम्मा १ लाख ६३ हजार नक्कली नेपाली रूपैयाँ बरामद भएको प्रहरीले जनाए ।
पक्राउ परेका दुवै जनामाथि यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।