तोलामा कति पुग्यो सुनचाँदीको मूल्य
द नेपाल मिडिया
२७ फाल्गुन २०७७, बिहीबार १२:०१
२७ फागुन, रौतहट । नेपाली बजारमा आज पनि सुनको मुल्य तोलामा ६०० रुपैंयाले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार बुधबार प्रतितोला ८६ हजार २ सय रुपैंयामा कारोबार भएको छापावाल सुनको मुल्य आज बढेर तोलामा ८६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजावी सुनको मुल्य बिहीबार प्रतितोला ८६ हजार ३ सय ५० रुपैयाँ तोकिएको छ । महासंघका अनुसार हिजो तेजावी सुनको कारोबार प्रतितोलामा ८५ हजार ७ सय ५० रुपैयाँमा भएको थियो ।
त्यसैगरी, चाँदीको भाउ पनि आज तोलामा १५ रुपैंयाले वृद्धि भएको छ । बुधबार तोलामा १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज प्रतितोलामा १ हजार २ सय ८५ रुपैंया निर्धारण भएको छ ।