सुनचाँदीको मूल्य वृद्धि
द नेपाल मिडिया
२६ फाल्गुन २०७७, बुधबार १३:३४
२६ फागुन, रौतहट । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार मंगलबार ६ सय रुपैयाँले नै घटेको सुनको भाउ आज पुनः बढेर छापावाल सुनको कारोबार ८६ हजार २ सय रुपैयाँ भइरहेको छ ।
यस्तै, तेजावी सुनको भाउ आज ८५ हजार ७ सय ५० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएका छन् । त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोलामा १५ रुपैयाँले बढेको छ ।
हिजो तोलामा १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १ हजार २ सय ७० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।






