कञ्चनपुरबाट नक्कली नोट छाप्ने मेसिनसहित एक जना पक्राउ

   २६ फाल्गुन २०७७, बुधबार १२:३२  

२६ फागुन, रौतहट । कञ्चनपुरबाट नक्कली नोट छाप्ने मेसिनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली नोट र नोट छाप्ने मेसिनसहित कृष्णपुर नगरपालिका ९ पिपरिया बस्ने २५ वर्षीय सञ्जय रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार रानालाई नक्कली रुपैयाँ र नोट छाप्न प्रयोग गरिने मेसिन लगायतका अन्य सामाग्रीसहित मंगलबार गएराति करिब १० बजेतिर पक्राउ गरिएको थियो ।

उनका साथबाट १ हजारका २ वटा र १ सयका २ वटा गरेर ४ वटा नक्कली नोटसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएका छन् ।

पक्राउ परेका रानालाई हिरासदमा राखी यसबारे थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।