कक्षा १२ को परीक्षा तालिका
अगामी जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा हुने (तालिका सार्वजनिक)
द नेपाल मिडिया
२६ फाल्गुन २०७७, बुधबार १२:१३
२६ फागुन, रौतहट । कक्षा १२ को परीक्षा तालिका राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको छ ।
आगामी जेठ २६ गतेदेखि परीक्षा सुरु हुने छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा आगामी जेठ २६ देखि असार ४ गतेसम्म सन्चालन गर्ने निर्णय गरेको थियो ।
तर, राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तालिका सार्वजानिक गरे अनुसार पहिलो दिन जेठ २६ गते अनिवार्य अँग्रेजी विषयको परीक्षा हुने छ ।
जेठ २७ गते ऐच्छिक नेपाली, भूगोल, कम्प्युटर साइन्सलगायतका विषयको परीक्षा हुने छ । यस्तै, तालिकाका अनुसार फिजिक्स, पोलिटिकल साइन्स, होम साइन्स, होटल म्यानेजमेन्टलगायतका विषयको परीक्षा जेठ २८ गते हुने छ ।