बुधबार पनि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

   २६ फाल्गुन २०७७, बुधबार ११:१७  

२६ फागुन, रौतहट । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दै छ ।

बुधबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठक पछिल्लो राजनीतिक अवस्थामा केन्द्रित हुने छ ।

आज बस्ने बैठकमा सरकारलाई दिएको समर्थन, पार्टी सुदृढीकरण, नयाँ सत्ता समीकरणकालगायतका विषयमा छलफल हुने पर्टीका एक नेताले जनाएका हुन् ।

हिजो ९मंगलबार० बसेको बैठकमा मात्रै माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईसँग छलफल गरेका थिए ।