नेपाल तथा भारतका ख्याति प्राप्त कलाकारहरु रौतहट आउदै
२५ फागुन, रौतहट । रौतहटको मौलापुर नगरपालिकामा नेपाल तथा भारतका ख्याति प्राप्त कलाकारहरु आउने भएका छन । दोश्रो मधानी महायज्ञको अवसरमा हुने साँस्कृतिक कार्यक्रममा सहभागी हुन कलाकारहरु रौतहट आउन लागेका हुन ।
शिवरात्रिको अवसरमा पुरातात्वीक महादेव मन्दीर पतौरामा हुने कार्यक्रममा कलाकारहरु आउन लागेको अयोजकले जनाएको छ । फागुन २६ देखी चैत्र ३ गते सम्म संचालन हुने महायज्ञमा शिवलिला प्रदर्शन, नेपाली तथा भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति, महोत्सव लगायतको कार्यक्रम रहेको छ ।
महायज्ञको बारेमा जानकारी दिदै मौलापुर नगरपालिकाकी मेयर रिना साहले यस क्षेत्रको बिकास र पर्यटन प्रर्बद्धनका लागी कार्यक्रम आयोजना गर्न लागेको बताइन । फागुन २७ गते दिउँसो १ बजेदेखि भोजपुरी सुपरस्टार अभिनेत्री अक्षरा सिंह तथा अभिनेता प्रदीप पाण्डे ‘चिन्टु’, नेपाली कलाकार शिव श्रेष्ठ, दिपाश्री निरौला, संचिता लुइटेल लगायतका लोकप्रिय नेपाली एवम् भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
साथै फागुन २६ गते देखि लगातार ६ दिनसम्म रात्रि भारत वृन्दावनको मथुराको कलाकार द्वारा प्रसिद्ध रासलिला (शिवलिला) प्रदर्शन हुने तथा फागुन २८ गते भने नेपाल तथा भारतका चर्चित कुस्ती खेलाडीहरुको सहभागितामा कुस्ती प्रतियोगिता आयोजना हुने छ ।