मस्कको प्रेमिकाको डिजिटल कलाकृति २० मिनेटमै करोडौंमा बिक्रि

   २३ फाल्गुन २०७७, आईतवार १५:४५  

२३ फागुन, रौतहट । विश्वका दोश्रो सर्वाधिक धनी व्यक्ति टेस्ला तथा स्पेस एक्स कम्पनीका मालिक हुन् । १ खर्ब ५७ अर्ब डलरका मालिक मस्कको प्रेमिकाले तयार गरेको डिजिटल कलाकृति करोडौँ रुपैयाँमा बिक्री भएको छ ।

हालैमा मस्ककी प्रेमिका सिंगर ग्रिम्सले आफ्नो डिजिटल कला संग्रहको लिलामी गरेकी हुन् । अनलाइनमा भएको उक्त लिलामीमा उनका डिजिटल कलाकृति ६८ करोड रुपैयाँ बराबरको मूल्यमा २० मिनेटमै बिक्री भए ।

आफ्नो डिटिजल आर्ट कलेक्सनलाई ग्रिम्सले वारनिम्फ नामाकरण गरेकी थिइन् ।

लिलामीबाट उठेको रकमको केही हिस्सा हरितगृह ग्याँस उत्सर्जन कटौति सम्बन्धमा काम गर्ने संस्थालाई दान गर्ने ग्रिम्सको योजना छ ।