प्रहरीलाई घुस दिन खोज्ने चालक पक्राउ

   २३ फाल्गुन २०७७, आईतवार १३:००  

२३ फागुन, रौतहट । प्रहरीलाई घुस दिन खोजेको आरोपमा चितवनबाट एक ट्रक चालकलाई पक्राउ गरेको छ ।

नवलपुर बुलिङटार गाउँपालिका २ देउराली बस्ने ३२ वर्षीय भरत लुङ्गेलीलाई घुस दिन खोज्ने अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सवारी चेकजाँच गर्ने क्रममा शनिबार भरतपुर महानगरपालिका ३ पुल्चोकमा प्रहरी हवल्दार हरिबहादुर घर्तीमगरलाई ना३ख २३२२ नंको ट्रक चालक लुङ्गेलीले घुस दिन खोजेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार चितवन राइसमिल समितिको चलानी पत्रभित्र रु १०० घुस राखेर दिन खोज्दा घर्तीलाई पक्राउ गरिएको थियो ।

चालकले साथमा सवारी चालक अनुमतिपत्र नरहेका कारण मिलाइदिनु भन्दै प्रहरीलाई घुस दिएका थिए । पक्राउ परेका लुङ्गेलीलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।