आज पनि घट्यो सुनको मूल्य
२१ फागुन, रौतहट । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य ओरालो लागेको छ । आज सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोवार भएको छापावाल सुनको मूल्य प्रतितोलामा ८५ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, आज तेजाबी सुनको कारोबार तोलामा ८५ हजार १ सय ५० रुपैयाँमा भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुनको कारोबार तोलामा ८६ हजार ५० रुपैयाँमा भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर आज प्रतितोलामा १ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदीको भाउ तोलामा १ हजार २ सय ८५ रुपैयाँ निर्धारण गरिएको थियो ।