रिलायन्स फाइनान्स लिमिटेडले गरे लाभाशं घोषणा

   २१ फाल्गुन २०७७, शुक्रबार १२:२१  

 

२१ फागुन, रौतहट । रिलायन्स फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७६र७७ बाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

फाइनान्सको फागुन २० गते सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतशित नगद लाभांश गरी कुल १०.५३ प्रतशित लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।
हाल फाइनान्सको चुक्ता पूँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँ रहेको छ ।