तोलामा कति पुग्यो सुनचाँदीको मूल्य

   २० फाल्गुन २०७७, बिहीबार १२:०१  

२० फागुन, रौतहट । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोलामा ८७ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको भाउ घटेर आज ८६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, हिजो ८७ हजार ५० रुपैयाँ कायम भएको तेजावी सुनको मुल्य आज प्रतितोला ८६ हजार ५० रुपैयाँमा भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी, चाँदी भाउ प्रतितोलामा ३० रुपैयाँले गिरावट भएको छ । बिहीबार चाँदीको कारोबार प्रतितोलामा १ हजार २ सय ८५ रुपैयाँमा भइरहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार हिजो चाँदीको भाउ तोलामा १ हजार ३ सय १५ रुपैयाँ तोकिएको थियो ।