आज सुनचाँदीको मूल्य वृद्धि

   १९ फाल्गुन २०७७, बुधबार १३:०४  

१९ फागुन, रौतहट । नेपाली बजारमा मंगलबार तोलामा १७ सय रुपैयाँले घटेको सुनको मूल्य आज फेरी प्रतितोलामा ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुचाँदी व्यवसायी महासंघका हिजो तोलामा ८७ हजारमा कारोवार भएको छापावाला सुनको भाउ बढेर आज प्रतितोलामा ८७ हजार ५ सय पुगेको छ ।

यस्तै, आज तेजावी सुनको मूल्य तोलामा ८७ हजार ५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । तेजावी सुनको कारोबार मंगलबार तोलामा ८६ हजार ५ सय ५० रुपैयाँमा भएको थियो ।

त्यसैगरी, चाँदीको पनि २५ रुपैयाँले मूल्या वृद्धि भइ आज १ हजार ३ सय १५ रुपैयाँ कारया भएको छ । महासंघका अनुसार हिजो चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा नै कारोबार भएको थियो ।