नाइ ट्रेड युनियनले देशभरिका सबै सैलुन र पार्लर खोल्न, लकडाउन अवधिभर नाई श्रमिक (हजाम) को पसल भाडा र कोठा भाडा पूर्ण रुपमा मिनाहा गर्न, नाई श्रमिकलाई निशुल्क पीपीई सेट वितरण गर्न माग गरेका छन् ।
त्यस्तै नाई श्रमिकलाई लकडाउन अवधिभर मासिक २५ हजार दिन, लकडाउन अवधिभरको बैंक ब्याज मिनाहा गर्न र कम्तीमा ५० लाखको जीवन बिमा गर्न पनि माग गरेका छन् ।